एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा सिन्धुली अस्पतालको शल्यक्रिया सेवा करिब एक महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। यसका कारण बच्चा जन्माउने (CS), पित्तथैली, एपेन्डिक्स लगायतका सामान्य अप्रेसनसमेत हुन नसकी बिरामीलाई काठमाडौं र जनकपुर रिफर गर्नुपर्ने अवस्था आएको छ। हालै भिमानमा दुर्घटनामा खुट्टा भाँचिएका फिक्कलका सुदिप अधिकारीलाई पनि जिल्लामै उपचार हुन नसकी काठमाडौं पठाउनुपरेको थियो। अस्पतालमै करिब १० हजार रुपैयाँमा हुने उपचारका लागि बिरामीले एम्बुलेन्स खर्च मात्र पनि त्यति नै तिर्नुपरेको अवस्था छ। पछिल्लो एक वर्षमा सिन्धुली अस्पतालमा ५०० भन्दा बढी अप्रेसन भएका थिए। तर अहिले एक जना विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्। सम्बन्धित निकायले तत्काल एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।
ताजा अपडेट: धनुषा-३ मा ऐतिहासिक जनलहर!
🔔 घण्टी (मनिष झा) - ३७८७ मत
🌳 गछी (नेपाली कांग्रेस) - ९९९ मत
☀️ सूर्य (नेकपा एमाले) - ५७६ मत
पुराना दलका 'हेभीवेट' उम्मेदवारहरूको कुल मत जोड्दा पनि नयाँ अभियानको आधा मत पुग्दैन। 'टेस्ट चेन्ज' होइन, 'सिस्टम चेन्ज' खोजेका सचेत धनुषावासीलाई मेरो सलाम! यो त केवल सुरुवात हो, अन्तिम नतिजा आउँदासम्म धेरैको जमानत जफत हुने पक्का छ। सत्य तीतो हुन्छ, तर स्वीकार्नै पर्छ!
#RSP #Dhanusha3 #BalenForPM #DrRajibJha

Comments
Post a Comment