Skip to main content

सिन्धुली अस्पतालको अप्रेसन सेवा एक महिनादेखि ठप्प

  एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा सिन्धुली अस्पतालको शल्यक्रिया सेवा करिब एक महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। यसका कारण बच्चा जन्माउने (CS), पित्तथैली, एपेन्डिक्स लगायतका सामान्य अप्रेसनसमेत हुन नसकी बिरामीलाई काठमाडौं र जनकपुर रिफर गर्नुपर्ने अवस्था आएको छ। हालै भिमानमा दुर्घटनामा खुट्टा भाँचिएका फिक्कलका सुदिप अधिकारीलाई पनि जिल्लामै उपचार हुन नसकी काठमाडौं पठाउनुपरेको थियो। अस्पतालमै करिब १० हजार रुपैयाँमा हुने उपचारका लागि बिरामीले एम्बुलेन्स खर्च मात्र पनि त्यति नै तिर्नुपरेको अवस्था छ। पछिल्लो एक वर्षमा सिन्धुली अस्पतालमा ५०० भन्दा बढी अप्रेसन भएका थिए। तर अहिले एक जना विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्। सम्बन्धित निकायले तत्काल एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।

सिन्धुली अस्पतालको अप्रेसन सेवा एक महिनादेखि ठप्प

 

एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा सिन्धुली अस्पतालको शल्यक्रिया सेवा करिब एक महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। यसका कारण बच्चा जन्माउने (CS), पित्तथैली, एपेन्डिक्स लगायतका सामान्य अप्रेसनसमेत हुन नसकी बिरामीलाई काठमाडौं र जनकपुर रिफर गर्नुपर्ने अवस्था आएको छ।

हालै भिमानमा दुर्घटनामा खुट्टा भाँचिएका फिक्कलका सुदिप अधिकारीलाई पनि जिल्लामै उपचार हुन नसकी काठमाडौं पठाउनुपरेको थियो। अस्पतालमै करिब १० हजार रुपैयाँमा हुने उपचारका लागि बिरामीले एम्बुलेन्स खर्च मात्र पनि त्यति नै तिर्नुपरेको अवस्था छ।


पछिल्लो एक वर्षमा सिन्धुली अस्पतालमा ५०० भन्दा बढी अप्रेसन भएका थिए। तर अहिले एक जना विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्। सम्बन्धित निकायले तत्काल एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।

Comments

Popular posts from this blog

५ वर्षमा गर्ने काम ३३ महिनामा पूरा गर्न सम्भव थिएन

  राजन दाहालले सिन्धुली क्षेत्र नं. २ मा सुरु भएका धेरै विकास योजनाहरू अझै पूरा गर्न बाँकी रहेको facebook marfat बताएका छन्। ती योजनाहरू सम्पन्न गर्ने जिम्मेवारी आफ्नो पनि भएको उल्लेख गर्दै उनले नयाँ निर्वाचित सांसदले सहयोग गर्छन् कि गर्दैनन् भन्ने जिज्ञासा व्यक्त गरेका छन्। उनले मुख्य रूपमा यी कामहरू अघि बढाइएको बताएका छन्: धुलिखेल–भकुण्डे–टुप्पिडाँडा–खुर्कोट डबल लेन सडक विस्तार र निर्माणका प्रक्रिया। खुर्कोट–चियाबारी सुरुङमार्ग को DPR। १३ वटा पक्की पुल निर्माणको बहुवर्षीय ठेक्का। दुम्जा–लालबन्दी र अन्य सडक परियोजना को बजेट र स्रोत सुनिश्चित। कमलामाई रिङरोड विस्तार। कमलामाई बृहत्तर खानेपानी योजना (एक घर एक धारा) – DPR तयार। ७० मेगावाट कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना । मरिणमा आधुनिक मासु प्रशोधन तथा निर्यात कारखाना स्थापना योजना। विभिन्न स्थानीय सडक, अस्पताल, मिनी ट्रमा सेन्टर निर्माण। सुनकोशी–मरिण डाइभर्सन आयोजना समयमै सम्पन्न गर्ने लक्ष्य। नदी नियन्त्रण, कृषि र शिक्षा सम्बन्धी योजनाहरू । अन्त्यमा उनले भनेका छन् कि ५ वर्षमा गर्ने काम ३३ महिनामा पूरा गर्न सम्भव थिएन ,...

राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल विजयी

  राष्ट्रिय स्वतन्त्र पार्टीका आशिष गजुरेल विजयी सिन्धुली । प्रतिनिधि सभा सदस्य उपनिर्वाचन अन्तर्गत सिन्धुली क्षेत्र नं. २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार आशिष गजुरेल विजयी हुनुभएको छ। उहाँले निकटतम प्रतिस्पर्धीलाई ३१४० मतान्तरले पराजित गर्दै जीत हासिल गर्नुभएको हो। लामो समयदेखि वामपन्थी दलको प्रभाव मानिँदै आएको सिन्धुली–२ मा यसपटक नयाँ राजनीतिक परिणाम देखिएको छ। यसअघि ‘लालकिल्ला’का रूपमा चिनिने उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको जितलाई स्थानीय राजनीतिक वृत्तमा महत्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ। विजयी भएपछि गजुरेलले सिन्धुलीका नागरिकले दिएको विश्वासलाई सम्मान गर्दै क्षेत्रको विकास, सुशासन र जनताका मुद्दा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नवनिर्वाचित सांसद आशिष गजुरेललाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।

मुस्ताङमा नेपाली कांग्रेसको २९ वर्षीय योगेश गौचन थकाली विजयी 🌳

  मुस्ताङमा नेपाली कांग्रेसको सानदार जित: २९ वर्षीय योगेश गौचन थकाली विजयी 🌳 जोमसोम, मुस्ताङ — हिमाली जिल्ला मुस्ताङबाट नेपाली कांग्रेसले प्रतिनिधिसभामा विजयको खाता खोलेको छ। नेपाली कांग्रेसका युवा उम्मेदवार योगेश गौचन थकाली आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेमप्रसाद तुलाचनलाई पराजित गर्दै निर्वाचित हुनुभएको हो। २९ वर्षको कलिलो उमेरमा संघीय संसद्को यात्रा तय गरेर योगेशले मुस्ताङको राजनीतिमा नयाँ पुस्ताको उदय गराउनुभएको छ। निर्वाचनको अन्तिम नतिजा उम्मेदवार राजनीतिक दल प्राप्त मत योगेश गौचन थकाली नेपाली कांग्रेस ३,९९२ प्रेमप्रसाद तुलाचन नेकपा एमाले ३,०७८ विजयी मतान्तर: ९१४ मुख्य विशेषताहरू युवा नेतृत्व: योगेश गौचन थकाली यस निर्वाचनमा निर्वाचित हुने सम्भवतः सबैभन्दा कान्छा सांसदहरूमध्ये एक हुनुहुन्छ। उहाँ पर्यटन व्यवसायी समेत हुनुहुन्छ। पारिवारिक विरासत: योगेश पूर्वमन्त्री एवं कांग्रेसका पुराना नेता रोमी गौचन थकालीका छोरा हुनुहुन्छ। अघिल्लो निर्वाचनमा आफ्ना पितालाई पराजित गर्ने तुलाचनलाई नै हराएर योगेशले बुवाको बदला समेत लिनुभएको छ। 'क्लीन स्वीप': मुस्ताङमा प्रतिनिधिसभ...