राजन दाहालले सिन्धुली क्षेत्र नं. २ मा सुरु भएका धेरै विकास योजनाहरू अझै पूरा गर्न बाँकी रहेको facebook marfat बताएका छन्। ती योजनाहरू सम्पन्न गर्ने जिम्मेवारी आफ्नो पनि भएको उल्लेख गर्दै उनले नयाँ निर्वाचित सांसदले सहयोग गर्छन् कि गर्दैनन् भन्ने जिज्ञासा व्यक्त गरेका छन्।
उनले मुख्य रूपमा यी कामहरू अघि बढाइएको बताएका छन्:
धुलिखेल–भकुण्डे–टुप्पिडाँडा–खुर्कोट डबल लेन सडक विस्तार र निर्माणका प्रक्रिया।
खुर्कोट–चियाबारी सुरुङमार्ग को DPR।
१३ वटा पक्की पुल निर्माणको बहुवर्षीय ठेक्का।
दुम्जा–लालबन्दी र अन्य सडक परियोजना को बजेट र स्रोत सुनिश्चित।
कमलामाई रिङरोड विस्तार।
कमलामाई बृहत्तर खानेपानी योजना (एक घर एक धारा) – DPR तयार।
७० मेगावाट कोखाजोर जलाशययुक्त जलविद्युत आयोजना।
मरिणमा आधुनिक मासु प्रशोधन तथा निर्यात कारखाना स्थापना योजना।
विभिन्न स्थानीय सडक, अस्पताल, मिनी ट्रमा सेन्टर निर्माण।
सुनकोशी–मरिण डाइभर्सन आयोजना समयमै सम्पन्न गर्ने लक्ष्य।
नदी नियन्त्रण, कृषि र शिक्षा सम्बन्धी योजनाहरू।
अन्त्यमा उनले भनेका छन् कि ५ वर्षमा गर्ने काम ३३ महिनामा पूरा गर्न सम्भव थिएन, आफूले सकेजति गरेको र अब बाँकी काममा नयाँ सांसदले पनि ध्यान दिनुपर्छ।

Comments
Post a Comment