एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा सिन्धुली अस्पतालको शल्यक्रिया सेवा करिब एक महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। यसका कारण बच्चा जन्माउने (CS), पित्तथैली, एपेन्डिक्स लगायतका सामान्य अप्रेसनसमेत हुन नसकी बिरामीलाई काठमाडौं र जनकपुर रिफर गर्नुपर्ने अवस्था आएको छ। हालै भिमानमा दुर्घटनामा खुट्टा भाँचिएका फिक्कलका सुदिप अधिकारीलाई पनि जिल्लामै उपचार हुन नसकी काठमाडौं पठाउनुपरेको थियो। अस्पतालमै करिब १० हजार रुपैयाँमा हुने उपचारका लागि बिरामीले एम्बुलेन्स खर्च मात्र पनि त्यति नै तिर्नुपरेको अवस्था छ। पछिल्लो एक वर्षमा सिन्धुली अस्पतालमा ५०० भन्दा बढी अप्रेसन भएका थिए। तर अहिले एक जना विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्। सम्बन्धित निकायले तत्काल एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।
Deepak Bohara Rastriya Swatantra Party (रास्वपा) का तर्फबाट Kanchanpur-2 बाट निर्वाचनमा विजयी हुनुभएको छ।
हालै सम्पन्न निर्वाचनको मतगणनामा बोहोरा अन्य प्रतिस्पर्धी उम्मेदवारहरूलाई पछि पार्दै विजयी बन्न सफल हुनुभएको हो। उहाँको जितसँगै समर्थकहरूबीच खुसी र उत्साहको वातावरण देखिएको छ।
विजयपछि बोहोराले मतदाताप्रति आभार व्यक्त गर्दै कञ्चनपुर–२ को विकास, सुशासन र जनताको अपेक्षा पूरा गर्न प्रतिबद्ध भएर काम गर्ने बताउनुभएको छ।
**दिपक बोहोरालाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🔔**
**#Kanchanpur2 #RSP #Election**

Comments
Post a Comment