एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा सिन्धुली अस्पतालको शल्यक्रिया सेवा करिब एक महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। यसका कारण बच्चा जन्माउने (CS), पित्तथैली, एपेन्डिक्स लगायतका सामान्य अप्रेसनसमेत हुन नसकी बिरामीलाई काठमाडौं र जनकपुर रिफर गर्नुपर्ने अवस्था आएको छ। हालै भिमानमा दुर्घटनामा खुट्टा भाँचिएका फिक्कलका सुदिप अधिकारीलाई पनि जिल्लामै उपचार हुन नसकी काठमाडौं पठाउनुपरेको थियो। अस्पतालमै करिब १० हजार रुपैयाँमा हुने उपचारका लागि बिरामीले एम्बुलेन्स खर्च मात्र पनि त्यति नै तिर्नुपरेको अवस्था छ। पछिल्लो एक वर्षमा सिन्धुली अस्पतालमा ५०० भन्दा बढी अप्रेसन भएका थिए। तर अहिले एक जना विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्। सम्बन्धित निकायले तत्काल एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।
काठमाडौं–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डे प्रतिनिधि सभा सदस्यमा विजयी
काठमाडौं–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजु नाथ पाण्डे प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ।
उहाँले उज्यालो नेपाल पार्टीका उम्मेदवार कुलमान घिसिङलाई ७,५८६ मतान्तरले पराजित गर्दै जित हासिल गर्नुभएको हो। पाण्डेले १८,७५७ मत प्राप्त गर्नुभएको थियो भने घिसिङले ११,१७१ मत प्राप्त गर्नुभएको थियो।
नवनिर्वाचित सांसद पाण्डेलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना। 🔔
#Election #Kathmandu3 #RSP

Comments
Post a Comment