एनेस्थेसियोलोजिस्ट (बेहोस पार्ने डाक्टर) नहुँदा सिन्धुली अस्पतालको शल्यक्रिया सेवा करिब एक महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। यसका कारण बच्चा जन्माउने (CS), पित्तथैली, एपेन्डिक्स लगायतका सामान्य अप्रेसनसमेत हुन नसकी बिरामीलाई काठमाडौं र जनकपुर रिफर गर्नुपर्ने अवस्था आएको छ। हालै भिमानमा दुर्घटनामा खुट्टा भाँचिएका फिक्कलका सुदिप अधिकारीलाई पनि जिल्लामै उपचार हुन नसकी काठमाडौं पठाउनुपरेको थियो। अस्पतालमै करिब १० हजार रुपैयाँमा हुने उपचारका लागि बिरामीले एम्बुलेन्स खर्च मात्र पनि त्यति नै तिर्नुपरेको अवस्था छ। पछिल्लो एक वर्षमा सिन्धुली अस्पतालमा ५०० भन्दा बढी अप्रेसन भएका थिए। तर अहिले एक जना विशेषज्ञ डाक्टरको अभावले सिंगो जिल्लाका बिरामी सेवा पाउनबाट वञ्चित भएका छन्। सम्बन्धित निकायले तत्काल एनेस्थेसियोलोजिस्टको व्यवस्था गर्नुपर्ने स्थानीयको माग छ।
सर्लाही–४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेश कुमार सिंह विजयी
सर्लाही निर्वाचन क्षेत्र नं. ४ बाट Amresh Kumar Singh विजयी हुनुभएको छ। उहाँ Rastriya Swatantra Party (रास्वपा) का तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो।
निर्वाचनको अन्तिम मतगणना अनुसार सिंहले आफ्ना निकटतम प्रतिस्पर्धीलाई पछि पार्दै शानदार जित हासिल गर्नुभएको हो। यस जितसँगै सर्लाही–४ मा रास्वपाको प्रभाव थप मजबुत भएको देखिएको छ।
उहाँको विजयीसँगै समर्थकहरूमा खुसीको माहोल छ।
हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना! 🔔🎉

Comments
Post a Comment